मुलुक ६ अर्ब ६६ करोडले घाटामा

- केशु लामिछाने , काठमाडौं

    माघ २९, २०७४

    चालु आर्थिक वर्षको ६ महिनामा मुलुक ६ अर्ब ६६ करोडलले घाटामा गएको छ । राष्ट्र बैंकले आज पुस मसान्तसम्मको वित्तीय स्थित सार्वजनिक गर्दै विदेशबाट आउने रेमिटेन्स घटेपछि मुलुक घाटामा रहेको जनाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ४५ अर्ब रुपैयाँले बचतमा रहेको थियो । पुस मसान्तसम्म चालु खाता घाटा ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

    यस्तै आयातमा उच्च बृद्धि हुँदा व्यापार घाटा बढेर ४ खर्ब ९३ अर्ब २ करोड पुगेको छ  । भारत, चीन लगायतका मुलुकबाट ५ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँको आयात हुँदा मुलुकबाट जम्मा ४१ अर्ब रुपैयाँको निर्यात भएको छ । पुस मसान्तसम्ममा शुन्य दशमलव ५ प्रतिशतले घटेर ३ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।    

    प्रकाशित:माघ २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्