मंगलबारदेखि रसुवागढी नाकाबाट व्यापारीक कारोबार बन्द हुने

रसुवा

    माघ २९, २०७४

    मंगलबार (भोलि) देखि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारीक कारोबार बन्द हुने भएको छ । फागुन ४ गते पर्ने ग्याल्पो ल्होसार (अर्थात चिनियाँ नयाँ वर्ष) का कारण केरुङ भन्सारले एजेन्टले कन्टेनरमा शिल नगर्ने भएपछि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारीक कारोबार नहुने भएको हो । फेब्रअरी १२ तारिक देखि मार्च ६ सम्म केरुङमा रहेको प्राइभेट ट्रन्सपोट बन्द हुने भएपछि व्यापारीक कारोबार कम हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताउनुभयो ।

    रेडिमेट बाहेकका सामानहरु भने आउने उहाँले बताउनुभयो । व्यापारीक कारोबार कम हुने हो कोइरालाले भन्नुभयो, ‘सामान आयात पुरै रोकिंदैन पर्यटक बोक्ने सवारी र नागरिकलाई आवतजावत गर्न समस्या पर्दैन ।’ सामान लिन केरुङ पुगेका कन्टेनरमा चिनियाँ भन्सार एजेन्टले सोमबार दिउँसो १ बजेसम्म शिल लागाएको केरुङबाट व्यापारी शैलेस पौडेलले बताउनुभयो । ग्याल्पो ल्होसार (अर्थात चिनियाँ नयाँ वर्ष)का काराण फेब्रअरी १२ तारिक देखि मार्च ६ सम्म कन्टेनरमा सिल नहुने जानकारी चिनियाँं भन्सार एजेन्टले दिएको उहाँले बताउनुभयो । सोमबार शिल लगाइएका कन्टेनर मंगलबार नेपाल भित्रि सक्ने छन् । प्राइभेट ट्रन्सपोट बन्द भएपछि केरुङमा रहेको व्यावसायीहरु नेपाल फर्किसकेका छन् । 

    भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका संचालन हुँदै आएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाकालाई चिनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामान लगायतका मुख्य वस्तुहरु पैठारी भइरहेको छ । 

     

    प्रकाशित:माघ २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्