अन्तर्राष्ट्रिय स्पेस स्टेशनलाई आर्थिक सहायता रोक्ने ट्रम्पको तयारी

    फाल्गुन १, २०७४

    अमेरिकाले अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएस लाई दिँदै आएको आर्थिक सहायता रोक्ने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प /स्टेशनलाई दिँदै आएको सहायता रोकी सन् २०२५ सम्ममा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने योजनामा रहेको बीबीसीले उल्लेख गरेको छ ।

    त्यसबापत आईएसस लाई व्यवसायीक रुपमा विकास गर्न मद्दत गर्ने उद्देश्यले १५ करोड डलर बराबरकको कार्यक्रम ल्याइएको छ । सन् २०१९ को बजेट प्रस्तावमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन र नासा अन्तरिक्ष कार्यक्रमबारे खुलाइएको छ ।

    राष्ट्रपति ट्रम्पले नासाको खर्च आगामी बर्ष ३ प्रतिशतले बढाउने तयारी गराउनुभएको छ । स्पेस स्टेशन सन् २०२४ देखि सञ्चालनमा आउनेछ । 

    प्रकाशित:फाल्गुन १, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्