दक्षिण कोरियाली पुर्व राष्ट्रपति पार्ककी साथी चोयलाई २० वर्षका लागी जेल सजायँ

एजेन्सी

    फाल्गुन १, २०७४

    – भ्रष्टाचार अभियोग खेपेकी दक्षिण कोरियाली पुर्व राष्ट्रपति पार्क गुयन हायकी साथी चोय सुन सिललाई अदालतले २० वर्षका लागी जेल सजायँ तोकेको छ । चोयले पद र सम्बन्धको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अदालतले ठहर गर्दै सो सजायँ ताकेको हो । सोही भ्रष्टाचार मामिलाका कारण दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क महाभियोगका कारण पदच्युत भइसक्नु भएको छ । सोल जिल्ला अदालतले चोय माथि १८ अर्ब डलर जरिवाना समेत गराएको छ ।

    राष्ट्रपति पार्क सँगको सम्बन्धको प्रयोग गर्दे सामसङ्ग लगायतका ठुला कम्पनीबाट दानका नाममा आफ्ना संस्थाका लागी उनले रकम असुलेकी थिईन् । राष्ट्रपति पार्क माथि चोय सँग मिलेमतोमा रकम असुलि गरेको अभियोग लगाईएको हो । सोही भ्रष्टाचारमा रकम दिएको आरोपमा सामसङ्गका उप प्रमुख लि जेय यङ्गलाई समेत पक्राउ गरिएको थियो ।

    उनी केही दिन अघि मात्रै रिहा भएका छन् । 

     

    प्रकाशित:फाल्गुन १, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्