नर्सिङ कलेजलाई सम्बन्धनको दिने तयारी

काठमाडौं

    फाल्गुन २, २०७४

     

    -शिक्षामन्त्री गोपालमान श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय विपरित आज एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको छ । पदबाट बाहिरिनै लागेका मन्त्री श्रेष्ठले सीटीईभिटी परिषद्को बैठक राखेर सम्बन्धन दिन लागेको स्रोतले बताएको छ ।

     परिषदको बैठक दिउँसो १ बजे बस्ने सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो । मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागि हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेण्डा उल्लेख गरिएको छैन ।

    यद्यपी विविध शीर्षक अन्तर्गत छलफल गरेर सम्बन्धन दिने तयारी भएको परिषद् स्रोतले बतायो । यसअघि मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको आचारसंहिता लागेकौ बेला आर्थिक चलखेल गरेर २५ कलेजलाई ३४ वटा कार्यक्रमको सम्बन्धन दिनुभएको थियो । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्