फाल्गुन २, २०७४
धनकुटाको महालक्ष्मी नगरपालिकास्थित लेगुवामा सञ्चालित पानीघट्टप्रति धनकुटा र भोजपुरका दर्जनौं गाउँका बासिन्दाको आकर्षण थप बढ्दै गएको छ । पछिल्लो समय अधिकांश स्थानमा विद्युतीय मिल प्रचलनमा आएपनि लेगुवामा भने पानीघट्ट लोकप्रिय बनेको छ ।
लेगुवामा सञ्चालित पानीघट्टले आसपासका चानुवा, मारेककटहरे, जितपुर सहित छिमेकी जिल्ला भोजपुरका कतिपय स्थानबाट समेत अन्न पिसाउन सर्वसाधारण पुग्ने गर्दछन् । दुइ दशक अघिदेखि सञ्चालनमा आएको पानीपानीघट्टकै आम्दानीबाट आफुले जिविकोपार्जन गर्दै आएको सञ्चालन तोर्ण पौडेलले बताउनुभयो ।
विद्युतबाट सञ्चालन हुने मिल भन्दा पानी घट्ट ८० प्रतिशतसम्म खर्च सस्तो पर्ने उहाँको दाबी छ । कुटानी पिसानी गर्दा शुल्क कम तिर्नु परेपछि आकर्षण बढेको स्थानीयबासीको भनाई छ ।
प्रकाशित:फाल्गुन २, २०७४
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्