अक्सफामका अध्यक्ष पक्राउ

    फाल्गुन २, २०७४

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामका अध्यक्ष जुआन अल्बर्टो फुएन्टस ग्वाटेमालाबाट पक्राउ परेका छन् । भ्रष्टाचारको आरोप लागेका अल्बर्टोलाई अनुसन्धानका लागि भन्दै ग्वाटेमाला प्रहरीले पक्राउ गरेको हो ।

    अल्बर्टो ग्वाटेमालाका अर्थमन्त्री रहदा भ्रष्टाचार गरेको आरोप छ । अल्बर्टो पक्राउको घटना अक्सफामसँग भने नजोडिएको बताइएको छ । सन् २०११ मा हैटीमा अक्सफामका उच्च कर्मचारीबाट नै यौन दुव्र्यवहार भएको आरोप लागिरहदा अध्यक्ष नै पक्राउ परेपछि अक्सफामलाई अर्को झट्का लागेको हो । यौन दुव्र्यवहारमा परेकामध्ये केही बालिका समेत रहेको बताइएको छ ।

    सोही आरोपका कारण अक्सफामका सहायक प्रमुख कार्यकारी पेन्नी लरेन्सले पदबाट राजिनामा दिइसकेका छन् । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्