६ वटा अस्पतालमा एन.आई.सी.यु सेवा बिस्तार हुने

- कमला गुरुङ, काठमाडौं
    हाल यो सेवा राजधानीको कान्तिबाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा तथा राजधानी बाहिर भने चितवनको भरतपुर अस्पतालमा मात्र उपलब्ध रहेको महाशाखाले जनाएको छ ।

    फाल्गुन २, २०७४

    सरकारले अञ्चलस्तरीय वा सो भन्दा माथिका ६ वटा अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष एन.आई.सी.यु सेवा बिस्तार गर्ने भएको छ । सरकारले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, राप्ती उपक्षेत्रीय र नारायणी उपक्षेत्रीय अस्पताल, लुम्बिनी अञ्चल, जनकपुर अञ्चल र मेची अञ्चल अस्पतालमा सेवा बिस्तार गर्न लागेको हो ।

    यहि महिनादेखि सेवा बिस्तार गर्ने तयारी गरिएपनि सबै उपकरण आइनसकेकाले समयमै सुरु गर्न नसकिएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । सेवा सुरु गर्न आवश्यक पर्ने भेन्टिलेटर आउन करीब तीन महिना लाग्ने महाशाखा अन्तर्गतको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताउनुभयो । 

    हाल यो सेवा राजधानीको कान्तिबाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा तथा राजधानी बाहिर भने चितवनको भरतपुर अस्पतालमा मात्र उपलब्ध रहेको महाशाखाले जनाएको छ । चालु आर्थिक वर्ष भित्र करीब १२ वटा अस्पतालमा एनआईसीयु सेवा बिस्तार गर्ने सरकारको योजना छ । प्रत्येक हजार जीवित शिशुमध्ये २१ जनाको पहिलो महिनाभित्र, ३२ को एक वर्षभित्र र ३९ जनाको पाँच वर्षभित्र मृत्यु हुने गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क छ । सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रति हजारमा १२ भन्दा कममा झार्ने सरकारी लक्ष्य छ ।  

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्