चट्याङ लागेर २२ सैनिक घाइते

बैतडी

    फाल्गुन २, २०७४

    बैतडीमा चट्याङ लागेर नेपाली सेनाका २२ जना सैनिक घाइते भएका छन् । मंगलबार साँझ चट्याङ लागेर शत्रुमर्दन गुल्मको दशरथचन्द नगरपालिका ३ कठपतेस्थित तालिम स्थलमा २२ जना सैनिक घाइते भएका हुन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदीप बाँनियाले बताउनुभयो ।

    गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको सेनानी बाँनियाले बताउनुभयो । सामान्य घाइते १७ जनाको बैतडी अस्पतालमा उपचार भइरहेको छ । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्