प्रदेश ५ : पूर्णबहादुर घर्ती सभामुखमा निर्विरोध निर्वाचित

- घनश्याम गौतम, बुटवल

    फाल्गुन २, २०७४

    प्रदेश नम्बर ५ को सभामुखमा पूर्वी रुकुमका सांसद पूर्णबहादुर घर्तीलाई निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश सभाको दोस्रो बैठकले घर्तीलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा अरु कसैको उम्मेदवारी नपरेकाले बुधवार बसेको बैठकले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्तीलाई निर्वाचित गरेको हो ।

    प्रदेश सभा ५ को प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ अनुसार बैठकका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । बैठकमा घर्तीलाई निर्वाचित गरियोस भनी माओवादीका प्रमुख सचेतक दधिराम न्यौपानेले प्रस्तावक र एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले समर्थन गर्नुभएको थियो । संसदको अर्को बैठक उपसभामुखको समेत निर्वाचन गर्ने गरी फागनु ६ गते आइतबार बस्ने छ । उपसभामुख भने नेकपा एमालेले बनाउने सहमति छ । 

    त्यस्तै प्रदेश प्रमुखको कार्यालयले आज नै मुख्यमन्त्री नियुक्तिको तयारी गरेको छ । सभामुखको शपथ ग्रहणका लागि साढे ४ बजेको समय तय भएको छ । संगै मुख्यमन्त्री नियुक्तिको पनि तयारी भईरहेको एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनु भएको छ । मुख्यमन्त्रीको शपथ ग्रहण भने भोलि हुने छ । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्