एमालेले बोलायो स्थायी समिति बैठक

काठमाडौं

    फाल्गुन २, २०७४

    वाम गठबन्धनको शीर्ष नेताको वान–टु–वान वार्ता सकिए लगत्तै नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । ललितपुरको मानभवनस्थित एक घरमा जारी बैठकमा पार्टी एकताको विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वान–टु–वान वार्तामा छलफल भएको विषय भने सार्वजनिक गरिएको छैन ।

    पार्टी एकताको विषय निष्कर्षमा पुर्‍याउन अध्यक्षद्धय निरन्तर छलफलमा जुटेका हुन् । स्थायी समिति बैठकपछि एकता प्रक्रियाको विषयमा ठोस धारणा बनाइ दुबै पार्टीका नेता सम्मिलित पार्टी एकता संयोजन समितिले निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् ।  

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्