आँखामा चोटपटक लागेर अस्पताल जाने बिरामी बढ्दै

- कमला गुरुङ, काठमाडौं

    फाल्गुन २, २०७४

    शहरी क्षेत्रमा बढ्दो धुलो–धुँवाका कारण आँखामा चोटपटक लागेर अस्पताल जाने बिरामीको संख्या बढ्दै गएको छ । सामान्यतया आँखामा चोटपटक लागेको बिरामी कम हुने गरेकोमा हाल दिनहुँजसो यस्ता समस्या बोकेर आउने गरेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । इमरजेन्सी वार्डमा दैनिकजसो करीब ५ जना बिरामी यस्तो समस्या लिएर आउने गरेको प्रतिष्ठानकी आँखा रोग विशेषज्ञ डा. लीना ब्रजाचार्यले बताउनुभयो ।

    उहाँका अनुसार बढ्दो धुलो–धुँवाले विशेषगरी आँखाको नानीमा घाउ हुने, कोरिने तथा सडक दुर्घटना हुँदा आँखामा चोट लाग्ने समस्या देखिएको छ । गाउँघरमा भने कृषिका काम गर्ने व्यक्तिमा झारपातले घोच्ने र उपचारका लागि समयमै अस्पताल नजाँदा घाउँमा परिणत हुने गरेको डा. ब्रजाचार्यले बताउनुभयो । आँखामा लागेको सानो भन्दा सानो घाउँलाई हेलचक्र्याई गरे दृष्टि नै गुम्न सक्ने भन्दै उहाँले विशेष हेरचाह गर्न सुझाव दिनुभयो । 

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्