थ्री स्टार सिमरा गोल्डकपको फाइनलमा

बारा

    फाल्गुन २, २०७४

    रुस्लान थ्री स्टार क्लब, सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम २ मा स्थान बनाएको हो । थ्री स्टारका लागि सुनिल बलले २ तथा विष्णु र अनन्त तामाङले १–१ गोल गरे ।

    मोरङका कर्ण लिम्बुले खेलको अन्त्यतिर ४ मिनेटका अन्तरालमा २ गोल गरेपनि टीमको हार टार्न सकेनन् । अन्तिम सेमिफाइनलमा भोलि वीरगञ्ज युनाइटेड क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्