विराटनगरका बाढी पीडितलाई राहत वितरण

विराटनगर

    फाल्गुन २, २०७४

    नोना कोइराला प्रतिष्ठानको सहकार्यमा सफा सुनौलो नेपाल काठमाडौंले मोरङको विराटनगरका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ । परिवार सशक्तिकरणका लागि ल्याटर डे सैण्ट च्यारिटीको सहयोगमा आज विराटनगर ४ का १ सय ७५ परिवार बाढी पीडितलाई ८० लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको हो । 

    प्रति परिवार २ बण्डल जस्ता, २ बोरा सिमेण्ट, चामल, दाल, खाने तेल, कम्बल, त्रिपाल लगायतको सामग्री वितरण गरिएको सफा सुनौलोका राकेश श्रेष्ठले बताउनुभयो । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्