नेप्से ८ दशमलव ६५ अंकले बढ्यो

काठमाडौं

    फाल्गुन २, २०७४

    स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार र कारोबार रकम दुबैमा आज बृद्धि भएको छ । शेयर बजारमा कारोबार भएको तेस्रो दिन आज बजार परिसुचक ८ दशमलव ६५ अंकले वृद्धि भएको हो । कारोबार भएका १० कम्पनी समूहका उपसुचकमध्ये ७ वटाले नाफा कमाएको नेप्से अघिल्लो दिनको भन्दा शुन्य दशमलव ६३ प्रतिशतले सुधार आई १ हजार ३ सय ८८ दशमलव ९४ बिन्दुमा पुगेको छ ।

    आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनकोभन्दा १४ करोड रुपैयाँ बढी कारोबार भएको छ । कुल १ सय ५५ कम्पनीको ३ हजार ३ सय ९६ कारोबारबाट ३८ करोड ३८ लाख १९ हजार ३ सय १ रुपैयाँ बराबरका ९ लाख २५ हजार ३ सय ४९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।  

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्