आफ्नै पार्टीद्वारा जुमा विरुद्द अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

एजेन्सी

    फाल्गुन २, २०७४

    –नेशनल कंग्रेसले दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । विपक्षि दल सँगको बैठकपछि आफ्नै पार्टी कंग्रेसले जुमा विरुद्ध भोली हुने संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यसैबीच जुमाका निकटवर्ती भारतीय मुलका गुप्ताभाई भनिने परिवारको घरमा प्रहरीले छापा मारेको छ । शक्तिको दुरुपयोग गरी आर्थिक लाभ लिएको भन्दै प्रहरीले जुमामाथि दबाब बढाउन गुप्ता परिवार माथि छापा मारेको बीबीसीले उल्लेख गरेको छ । 

    गत डिसेम्बरमा पार्टीको अध्यक्ष पद गुमाएका जुमाको सत्ता सञ्चालनको विषयमा आफ्नै पार्टीमा तीब्र असन्तुष्टि देखिएको हो । सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको जुमामाथि आरोप लगाईएको छ ।  

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्