सरकारको पूँजीगत खर्च न्यून

काठमाडौं

    फाल्गुन २, २०७४

    चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च न्यून देखिएको छ । अर्थमन्त्रालयले आज सार्वजनिक गरेको पूँजीगत खर्च विवरण अनुसार यही माघ २९ गतेसम्म ६६ अर्ब १९ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १९ दशमलव ७५ प्रतिशतमात्र हो । सो समयसम्मका लागि पूँजीगत खर्च ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ लक्ष्य रहेको अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताउनुभयो । 

    त्यस्तै माघ मसान्तसम्ममा कर्मचारीको तलब, भत्ता र अन्य नियमित कार्यमा गरिने साधारण खर्च ४५ प्रतिशत पुगेको छ । अहिले कम देखिएपनि पछिल्लो समय विकास निर्माण्का ठूला आयोजनाले गति लिएकाले लक्ष्य अनुसारको खर्च हुने दाबी सचिव अधिकारीले गर्नुभयो ।  

    काठमाडौं, मधेश–तराई दु्रतमार्ग आयोजना, भेरी बबई डाइभर्सन, मेलम्ची खानेपानी, गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, मध्यपहाडी लोकमार्ग जस्ता ठूला निर्माण आयोजनाले गति लिएपछि पूँजीगत खर्च बढ्ने देखिएको हो ।  

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्