बर्दिया डायरी

- कमल पन्थी , काठमाडौं

    फाल्गुन २, २०७४

    दक्ष प्राविधिकको अभावमा चौबिस वर्ष अघि पूर्व पश्चिम राजमार्ग स्थित चिसापानीमा निर्मित कर्णाली पुल मर्मत सम्भार हुन सकेका छैन । नम्बर प्रदेश जोड्ने सो पुल रङ्ग रोगन र नट मर्मत संभार गर्ने दक्ष प्राविधिक नभएका कारण समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    रङ्ग रोगन गर्न र नट मर्मत संभार गर्न दक्ष विदेशी प्राविधिकको आवश्यकता रहेको सडक डिभिजन कार्यालयका प्रमुख अर्जुन बमले बताउनु भयो । तीन वर्ष अघि देखि मर्मत संभार र रंङ्ग रोगनका कुरा उठ्दै आएपनि सम्बन्धित निकायले चासो दिएका छैनन् । 

    पन्ध्र वर्ष सम्म नेपाली सेनाको नियन्त्रणमा रहेको जिल्ला सिंचाई कार्यालय गुलरिया छाड्ने तयारीमा लागेको छ । ०५९ सालमा सशस्त्र द्धन्दका समय देखि सदरमुकाम सुरक्षाका लागि तैनाथ नेपाली सेना सिंचाई कार्यालयमा बस्दै आएको थियो । सेनाले सदरमुकाम स्थित बबई बहुमुखी क्याम्पस नजिक रहेको आफ्नै जग्गामा संरचना बनाउने तयारी गरी सकेको छ । गुलरिया कारागारस्थित रहेको नेपाली सेनाको नाममा रहेको १६ विघा जग्गामा संरचना बनाउने भएको छ । नेपाली सेनाको जग्गामा रहेको रुख कटान गर्न वन कार्यालय संग अनुमति लिई सकेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो । सेनाको नाममा रहेको जग्गा भूमीहिनका नाममा रहेका सर्वसाधरणले अतिक्रमण गरेका छन्

    भारतीय सडक विभागले अन्तर्राष्ट्रिय सीमाको मापदण्ड विपरीत दशगजामा एकतर्फि रुपमा पुल र सडक निर्माण गरेको छ । सडक निर्माणका लागि दशगजामा ईटाको सोलिङ्ग गरी भारतीय सीमावर्ती गाउ‘ सलारपुर सम्म जोडिएको छ । सदरमुकाम गुलरियासंग जोडिएको सलारपुरमा भारतीय सीमा सुरक्षाबल जिल्लाको क्याम्प भएका कारण ईटाको सोलिङ्ग गरिएको छ । प्रहरी प्रशासन प्रमुखको सरुवासंगै मुलुकमा हुने राजनीतिक अस्थिरताले सीमा मिच्ने प्रवृति बढेको स्थानीयको गुनासो छ । 

    एकदिने सुविधाका नाममा बर्दिया भित्रिएका भारतीय सवारी साधन दुरुपयोग हुन थालेपछि भन्सार कार्यालयले कडाई गर्न थालेको छ । भन्सार कार्यालयबाट लिने एकदिने सुविधा अन्तर्गत सोही दिन भारत फर्कनु पर्ने भएपनि त्यसो नगरि महिनौं सम्म जिल्लामै राखिने गरेको छ । भन्सार कार्यालयले भारतबाट आउने सर्वसाधरणलाई नेपाली बजार सम्म दिनभर किनमेल, भेटघाट गर्न सुविधा पास दिंदै आएको छ । सुविधाका नाममा ति सवारी साधन अवैद्य रुपमा भाडाका लागि प्रयोग गर्न थालेपछि भन्सारले कडाई गर्न थालेको छ । भन्सार कार्यालयबाट दिनभरका लागि सुविधाका पास लिएका सवारी साधन भारतीय सीमा फिर्ता नगरेकालाई पास र शुल्क नलिई कारबाही गरिने भन्सार प्रमुख ओपेन्द्र हमालले बताउनुभयो । केही सयम यता बर्दियामा भारतीय नम्बरका सवारीसाधन अवैद्य रुपमा भाडामा प्रयोग हुन थालेका कारण नेपाली सवारी धनी मर्कामा पर्दे आएका छन् ।

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्