दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा राजीनामा

    फाल्गुन ३, २०७४

     

    -दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमाले पदबाट राजीनामा दिनुभएको छ । यसअघि आफ्नै पार्टी नेशनल कांग्रेसले हिजो विपक्षी दलसँग मिलेर जुमाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । सोलगत्तै जुमाले सरकारी टेलिभिजन मार्फत राजीनाको घोषणा गर्नुभएको हो । 

     राजीनामा घोषणाका क्रममा अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफू कहिले विचलित नभएको बताउँदै जुमाले सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको स्पष्ट पार्नुभयो । 

    गत डिसेम्बरमा पार्टीको अध्यक्ष पद गुमाएका ७५ वर्षिय जुमाको कामकारबाहीलाई  लिएर चौतर्फी विवाद भएपछि आफ्नै पार्टीमा तीव्र असन्तुष्टि देखिएपछि उहाँको राजीनामा माग गरिएको थियो । जुमामाथि  सन् २००९ मा सत्ता सम्हालेदेखि नै पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप समेत लगाइएको छ ।

    जुमाको राजीनामा पछि उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई नयाँ नेता चुन्न बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

     

    प्रकाशित:फाल्गुन ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्