विकास निर्माणमा भएका कानूनी जटिलता खुकुलो पारिन्छ : प्रम ओली

काठमाडौं

    फाल्गुन १२, २०७४

    प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानूनी जटिलतालाई खुकुलो पार्ने बताउनुभएको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल सँगको भेटमा प्रधानमन्त्री ओलीले कानूनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताउनुभएको हो । सरकारी कार्यालयका टेवलमा फायल अलमलिने प्रथा अब अन्त्य हुने ओलीको भनाई थियो ।

    उहाँले भन्नुभयो ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाई गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शुन्य सहनशिलताको नीति लिने प्रतिवद्धता जनाउनुभयो । सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ नहुने बताउनुभयो । मुलुकमा स्थिर सरकारको अनुभुत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी उहाँको भनाई थियो ।

    उद्योग वाणिज्य महासंघसंग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको भन्दै उहाँले विना सर्त मुलुक निर्माणमा जुट्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्याशायीहरुलाई आग्रह गर्नुभएको छ । नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताउनुभएको हो ।

    यस्तै, आजै बालुवाटारमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पार्नु भएको छ । 

    प्रकाशित:फाल्गुन १२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्