लिभरपुल दोश्रो स्थानमा उक्लियो

    फाल्गुन १३, २०७४

    इङ्गिलस प्रिमियर लिग फुटवलमा गएराती वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुल दोश्रो स्थानमा उक्लिएको छ । वेस्ट हामलाई ४–१ गोलअन्तरले हराउँदै लिभरपुल ५७ अंकसहित तालिकाको दोश्रो स्थानमा उक्लिएको हो । पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७२ र तेश्रो स्थानको म्यानचेस्टर युनाईटेडको ५६ अंक छ ।

    लिभरपुलका लागि इमर क्यान, मोहम्मद सलेह, रोबर्टो फिर्मिनो र सेडियो मानले गोल गरे । वेस्ट हामका एन्टोनियोले सान्तवना गोल फर्काए । अन्य खेलमा ब्राईटन एण्ड होभ एल्बियनले स्वान्सी सिटीलाई ४ –१, हडर्सफिल्ड टाउनले वेस्ट हामलाई २–१, वाटफोर्डले एभर्टनलाई १–० ले पराजित गर्दा लेस्टर र स्टोक सिटी तथा बन्र्ली र साउथहेप्टनले १–१ तथा बर्नमाउथ र न्यूक्यासलले २–२ गोलको बराबरी खेलेका छन् । हारसँगै स्वान्सी सिटी पुन: रेलिगेशन जोनमा धकेलिएको छ । 

    प्रकाशित:फाल्गुन १३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्