प्रदेश १ का मुख्यमन्त्री राईद्वारा संघीय ढाँचामा कार्यक्रमको माग

- देव नारायण साह, मोरङ

    फाल्गुन १३, २०७४

    – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय तहको लागि संघीय संरचना अनुसार गरिबी निवारण कोषलाई कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ । गरिबी निवारण कोषले विराटनगरमा आज आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री राईले प्रदेश १ मा विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोष पनि त्यही अनुुरुप परिचालन हुनुपर्ने बताउनु भएको हो ।

    नयाँ संविधानले नेपाली जनतालाई सर्वशक्तिमान बनाएकाले अब संघीयतालाई कर्यान्वयन गरेर मुुलुकलाई समृद्ध बनाउने योजना ल्याउनुपर्ने उहाँको भनाई थियो । उहाँले अबको एकमात्र उद्देश्य समृद्ध देश र प्रदेश भएकाले संघीयताको मर्म अनुसार कोषले आफूलाई परिमार्जन गरी विकास निमार्णका कामलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो ।

    मुख्यमन्त्री राईले नेपालमा १४ वर्षदेखी सञ्चालनमा आएको गरिबी निवारण कोषले गरिबीको रेखामुनी रहेका गरीब परिवारको जीवनस्तर उकास्न मद्दत पुगेकोले प्राप्त प्रतिफल तथा नतिजाको जगमा उभिएर कोषले नयाँ नीति नयाँ सोचकासाथ अघि बढनुपर्नेमा जोड दिनुभयो ।  

    प्रकाशित:फाल्गुन १३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्