एसिया प्रशान्तीय व्यापार सम्झौतामा ११ मुलुकद्वारा हस्ताक्षर

    फाल्गुन २५, २०७४

    व्यापारमा लगाईदै आएको करलाई सुलभ बनाउने मुख्य उद्देश्य रहेको एसिया प्रशान्तीय व्यापार सम्झौतामा ११ मुलुकले हस्ताक्षर गरेका छन् । सो सम्बन्धी भएको प्रारम्भिक समझदारीबाट अमेरिकाले गत बर्ष हात झिकेपनि एसिया प्रशान्त क्षेत्रका अष्ट्रेलिया, बु्रनाई, क्यानडा, चिली, जापान, मलेशिया, मेक्सिको, न्युजिल्याण्ड, पेरु, सिंगापुर र भियतनामले सहमतिमा हस्ताक्षर गरेका हुन् । 

    सदस्य राष्ट्रबीचको व्यापारमा सुलभ करको व्यवस्था गर्नु र खुकुलो व्यापार नीति अवलम्बन गर्नु सम्झौताको मुख्य उद्देश्य हो । यो सम्झौताबाट ५० करोड मानिसको संलग्नता रहने बजारलाई ओगट्ने बताइएको छ । हस्ताक्षरपछि चिलीका विदेशमन्त्री हेराल्डो मुनोजले सम्झौता विश्वभर स्वतन्त्र व्यापार नीतिको पक्षमा रहेको र बताउनुभयो । सम्झौता भविष्यमा अन्य व्यापार सम्झौताका लागि समेत कोषेढ्ुंगा साबित हुने अनुमान गरिएको छ । सदस्य राष्ट्रहरुले विश्व अर्थतन्त्रको १३ प्रतिशत हिस्सा ओगटेका कारण पनि यो सम्झौता महत्वुर्ण रहेको बीबीसीले उल्लेख गरेको छ । 

    प्रकाशित:फाल्गुन २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्