आरुषी तलवार हत्याकाण्ड : सर्वोच्चमा पुनरावेदन

बीबीसी

    फाल्गुन २५, २०७४

    भारतीय चर्चित आरुषी तलवार हत्याकाण्डमा केन्द्रीय अनुसन्धान व्यूरो सीबीआईले तलवार दम्पत्तीलाई रिहा गर्ने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । सन् २००८ मा १४ वर्षीया छोरी आरुषी र घरेलु कामदार हेमराजको हत्याको आरोप लगाइए पनि प्रमाण नपुगेको भन्दै पाँच महिना अघि उच्च अदालतले रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालतले गाजियावाद स्थित अदालतको आदेशलाई सहि तरिकाले निक्र्यौल नगरेकाले सीबीआईले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।

    आरुषी हत्याकाण्डमा साक्षी नभएका कारण समेत परिस्थितिजन्य साक्षी महत्वपूर्ण भएकाले गाजियावादस्थित अदालतले सोही आधारमा तलवार दम्पत्तीलाई दोषी ठहर गरेको थियो । यद्यपि, परिस्थितीजन्य साक्षीलाई भने उच्च अदालतले नजरअन्दाज नगरेकाले सीबीआईले अदालतमा पुनरावेदन दिएको हो । 

    प्रकाशित:फाल्गुन २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्