भारतमा ‘इच्छामृत्यु’ लाई वैधता

बीबीसी

    फाल्गुन २५, २०७४

    भारतको सर्वोच्च अदालतले आज एक ऐतिहासिक फैसला मार्फत ‘इच्छामृत्यु’ लाई वैधता प्रदान गरेको छ । निश्चित सर्त पालना गरेको खण्डमा बिरामीलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरिदिन सकिने फैसलामा उल्लेख छ । सर्वोच्च अदालतले स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामीले इच्छा मृत्यु वरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अदालतको फैसलामा इच्छा मृत्यु चाहने व्यक्ति कुनै गम्भीर प्रकृतिको रोगले पीडित भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

    भारतको सर्वोच्च अदालतले मानिसहरूमा सम्मानका साथ मर्न पाउने अधिकार रहेको भन्दै अन्तिम अवस्थामा पुगेका बिरामीले इच्छामरण रोज्न सक्ने फैसला गरेको हो । यसअघि अदालतमा अन्तिम अवस्थाका बिरामीले मर्यादाका साथ बाँच्न पाउने अधिकारलाई कानूनी मान्यताको माग गर्दै वकालत समूह ‘कमन कजले’ ले निवेदन दर्ता गरेको थियो । 

     

    प्रकाशित:फाल्गुन २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्