सिड्नीमा वाक फर वेलफेयर सम्पन्न

- नारायण खड्का, अष्ट्रेलिया

    फाल्गुन २६, २०७४

    घरेलु हिंसा र मानसिक समस्यामा रहेका नेपालीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा अष्ट्रेलियाको विभिन्न राज्यहरुमा रहेका सयौं नेपालीहरुको सहभागिता रहेको थियो । प्रत्येक दुई वर्षमा आयोजना गरिने यस कार्यक्रमबाट एनआरएनले सामुदायिक कार्यका लागि रकम संकलन गर्ने गर्दछ । यसवर्ष पनि महिलाहरुलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक प्रतिज्ञा अधिकारीले जानकारी दिईन् ।

    आज शनिबार बिहानै सिड्नीको कुक पार्कमा जम्मा भएका नेपालीहरुले ३ किलोमिटर पदयात्रा गरेका थिए । पर्यटकीय ब्राईटनबिचसम्म चलेको पदयात्रामा सहभागी भएकाहरुलाई अवैतनिक महावाणिज्यदुत दीपक खड्का, एनआरएन सल्लाहकार इन्द्रा वन लगायतले साथ दिएका थिए भने एनआरएन पदाधिकारीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम सम्पन्न भएपछि सहभागीहरुले एनआरएनले महिलाका साथै घरेलु हिंसा र मानसिक समस्याका बारेमा जनचेतना र सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमको प्रशंसा गरेका थिए । 

    सिड्नीबाट शुरु भएको यो अभियान अष्ट्रेलियाका सबै राज्यहरुमा आयोजना गरिने संयोजक अधिकारीले जानकारी दिईन् । कार्यक्रम मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमा केही साताभित्रैमा आयोजना गरिने तयारी भइसकेको उनले बताईन् । कार्यक्रमबाट संकलन भएको रकमले मानसिक समस्या र घरेलु हिंसाका विरुद्ध जनचेतनाका लागि खर्च गरिनुका साथै विशेष रुपले आवश्यक्ता अनुसार महिलाहरुका लागि सहयोगका लागि खर्च गरिनेछ । 

    प्रकाशित:फाल्गुन २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्