कंगोले कर वृद्धि सम्बन्धी नयाँ कानून ल्याउने

बीबीसी

    फाल्गुन २७, २०७४

    अफ्रिकी मुलुक डेमोक्रेटिक रिपिब्लिक अफ कंगोले मुलुकमा सञ्चालित खानी कम्पनीहरुको कर बृद्धि सम्बन्धी नयाँ नियम ल्याउने निर्णय गरेको छ । मुलुकमा सञ्चालित खानी कम्पनीहरुको विरोधका बावजुद कर वृद्धि सम्बन्धी नयाँ कानून ल्याउने निर्णय गरेको हो । कर बृद्धिको नयाँ नियम सम्बन्धी पत्रमा गत शुक्रुबार राष्ट्रपति जोसेफ कबिलाले हस्ताक्षर गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । खानी कम्पनीहरुमा कर बृद्धि गरी सरकारी रोयल्टी बढाउने योजना अनुरुप कर बृद्धि गर्न लागिएको कंगोले जनाएको छ ।

    मोबाईलका ब्याट्रीमा प्रयोग हुने कपर र कोबाल्ट उत्पादनको लागि कंगो अग्रणी मानिन्छ । यसरी कर बृद्धि गर्दा कम्पनीहरु घाटामा जाने भन्दै सरकारी निर्णयको खानी कम्पनीहरुले विरोध गरेका छन् । निर्णय फिर्ताको लागि विभिन्न कम्पनीका मालिकहरु राष्ट्रपति कबिलालाई मनाउने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

    प्रकाशित:फाल्गुन २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्