किमसँगको भेटबाट ठूलो उपलब्धी हासिल हुन्छ : गुप्तचर विभाग

काठमाडौं

    फाल्गुन २८, २०७४

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग गर्ने भनिएको भेटवार्ता खतरापूर्ण भएपनि ठूलो उपलब्धी हासिल हुने अमेरिकी गुप्तचर विभागले दाबी गरेको छ । विभागका निर्देशक माईक पोम्प्योले नेता किमसँग भेट गर्नु खतरापूर्ण रहेको बारे राष्ट्रपति ट्रम्प जानकार रहेपनि समस्या समाधानका लागि यो उत्तम प्रयास हुने बताउनुभयो ।

    कडा प्रतिबन्धका कारण उत्तरकोरिया केही हच्किएकाले दुईदेशबीचको सम्बन्ध नयाँ शिराबाट लैजान चाहेको अवस्थामा हुन लागेको भेटवार्तालाई सकारात्मक रुपमा लिनुपर्ने  उहाँको भनाई छ ।

    राष्ट्रपति ट्रम्पले पनि सो भेटवार्ता विश्वकै लागि सबैभन्दा ठूलो सम्झौता हुनसक्ने बताउँदै आउनुभएको छ ।

    आलोचकहरुले भने दुई मुलुकबीचको सम्बन्ध सुमधृुर नभएकाले भेटवार्ता प्रभावकारी हुनेमा आशंका व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ । उत्तर कोरियाका आणविक गतिविधि नियन्त्रणका लागि लामो समयदेखिका प्रयासहरु विफल भईरहेकाले ट्रम्प र किमबीच हुने भनिएको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतले समेत शंकाको दृष्टिले हेरेको छ ।   

     

    प्रकाशित:फाल्गुन २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्