कोलम्बियाको फार्क समुह निर्वाचनमा सहभागि

काठमाडौं

    फाल्गुन २८, २०७४

     

    कोलम्बियाको फार्क विद्रोही समूहका पूर्व लडाकुहरुले संसदीय निर्वाचनमा पहिलोपटक सहभागिता जनाएका छन् । रिभोलुस्नरी अल्टरनेटिभ कमन फोर्स भनेर चिनिने पूर्व बिद्रोही पहिलोपटक चुनावमा सहभागि भएका हुन् ।

    फार्क र सरकारबीच सन २०१६ मा ऐतिहासिक शान्ति सम्झौतमा हस्ताक्षर भएपछि उनीहरुलाई संसदमा १० सीट उपलब्ध गराइएको थियो । चुनावलाई सहमतिको लोकप्रियताको परीक्षणका रुपमा पनि हेरिएको छ ।

    राष्ट्रपति ख्वान म्यानुअल स्यान्टोसले कोलम्बियाको प्रजातन्त्रका लागि चुनाव ऐतिहासिक क्षण भएको बताउनुभयो । उहाँले पचास वर्ष लामो द्वन्द्वपछि पूर्व छापामारहरु हिंसा होइन चुनाव मार्फत परिवर्तनका लागि लडिरहेका उल्लेख गर्नुभयो । मतदान दशकौं यताकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।

    कोलम्बियामा करिब ५० बर्षसम्म फार्क बिद्रोही समुहले गरेको सशस्त्र द्वन्द्वमा परी २ लाख ६० हजार बढीले ज्यान गुमाएका थिए । 

     

    प्रकाशित:फाल्गुन २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्