फाल्गुन २८, २०७४

एसईइ परीक्षा सुरु हुन केही दिन मात्र बाँकी रहेको बेला बझाङमा लोडसेडिङको समस्याले विद्यार्थी समस्यामा परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका र आसपासका करीब ३ हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराई रहेको सुर्मा देवी विद्युत् प्रालिले एसइईको मुखमा लोडसेटिङ अवधि बढाएपछि एसईइ परीक्षाको तयारीमा रहेका विद्यार्थी समस्यामा परेका हुन् । विद्युत आपूर्ति बन्द जस्तै भएपछि जिल्लाका जनजीवन प्रभावित भएको छ । विद्युत् गृहमा पानीको मात्रा घटेकाले लोडसेडिङको अवधि बढाइएको सुर्मा देवी विद्युत् प्रालीले जनाएको छ । पानिको मात्रा दिन प्रतिदिन घटदै गएका कारण लोडसेटिङको अवधि अझै बढ्न सक्ने सुर्मा देवी प्रालिले जनाएको छ । 

जिल्लाको खस्कँदो पोषणको अवस्थामा सुधारका लागि जनचेतनामुलक पोषण मेलाको आयोजना गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको अगुवाईमा विभिन्न संघ संस्थाहरुले पोषण मेलाको आयोजना गरेका हुन् । मेलामा जिल्लामा पाइने पोषिला बालीहरु र खानाका परिकारहरु प्रर्दशनमा राखिएको छ । मेलामा पोषण सम्बन्धी परामर्श सेवा समेत दिने उद्देश्यका स्टलहरु पनि राखिएको आयोजकले जनाएको छ । मेलामा विभिन्न कृषक समूह र गैरसरकारी संस्थाका स्टल समेत रहेका छन् । पोषण मेलाले स्थानीय पोषिला बालिहरुको संरक्षण गर्न र जिल्लाको पोषण अवस्थामा सुधार गर्न सहयोग पुग्ने वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केसीले बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाको ३४ औं अधिवेशन आजबाट सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको सो अधिवेशनमा विभिन्न शाखा र उपशाखाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ । रेडक्रस सोसाइटी बझाङ शाखाका सभापति केशबहादुर खातीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकांस वक्ताले रेडक्रसका सदस्यहरुले सेवाभावबाट प्रेरित भएर गरेका कामको प्रसंसा गर्नु भएको थियो । भोलि सम्म चल्ने सो अधिवेशनमा अध्यक्ष पदको लागि केशबहादुर खाती, लोकेन्द्र खड्का र खडक बोहरा आकांक्षी रहेका छन् । 

प्रकाशित:फाल्गुन २८, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्