अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्ता अन्यौलमा

एजेन्सी

    फाल्गुन २८, २०७४

    – अमेरिका र उत्तर कोरीयाबीच हुने भनिएको वार्ता अन्यौलमा रहेको दक्षिण कोरियाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रवार उत्तर कोरीयाको वार्ता प्रस्ताव आकस्मिक रुपमा स्वीकार गरेपछि दुई मुलुकबीचको वार्ताले एकाएक चर्चा पाएको हो । दक्षिण कोरियाका अधिकारीले उत्तर कोरीयाका सर्वोच्च नेता किम जोङ उनले आणविक हतियारको परीक्षण नगर्ने तयारी गरे पनि अहिले सम्म वार्ताका लागि कुनै एजेण्डा र वार्ता स्थल तय नगरेका कारण वार्ता नै अन्यौलमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

    अमेरिका र उत्तर कोरीयाबीचको वार्ताबारे उत्तरको सरकारी कार्यालयबाट आधिकारीक जवाफ प्राप्त भइनसकेका कारण पनि वार्ता अन्यौलमा रहेको दक्षिण कोरियाका एकता मन्त्रालयका प्रवक्ताले जनाएका छन्  ।

    यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जेई इनले उत्तर कोरिया र अमेरिकाबीच हुने भनिएको वार्तालाई स्थायी शान्तिका रुपमा लिएको बताउनु भएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष प्रस्ताव लैजाने दक्षिण कोरियाली टोली भने अहिले चीन र जापानको भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

     

    प्रकाशित:फाल्गुन २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्