प्रतिबन्धका बाबजुद सिंङ्गापुरद्वारा उत्तर कोरियालाई सहयोग

काठमाडौं

    फाल्गुन २९, २०७४

    उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धका बाबजुद सिङ्गापुरका दुई कम्पनीले विलासिताको सामाग्री निर्यात गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले कारवाही गर्ने चेतावनी दिएको छ । राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन गर्दै ती कम्पनीले उत्तर कोरियालाई सामाग्री निर्यात गरिरहेको दाबीसहितको प्रतिवेदन राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गरिएको छ । 

    सो प्रतिवेदनका आधारमा यही साताको अन्त्यसम्ममा ती कम्पनीमाथि कारवाही गरिने परिषदलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सिङ्गापुर सरकारले पनि सो घटनाबारे जानकारी आएको र अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

     ती कम्पनीले भने कुनै पनि गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन् । उत्तर कोरियाले आणवीक कार्यक्रम र क्षेप्यास्त्र परीक्षण नरोकेपछि उमाथि विश्वव्यापी रुपमै प्रतिबन्ध लगाइएको छ । राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत सन् २००६ यता उत्तर कोरियालाई विलासिताको सामाग्री निर्यात गरे गैरकानुनी हुनेछ । यस्तै, सिङ्गपुरले पनि केही बर्षयता त्यस्ता सामाग्री उत्तर कोरिया निर्यातमा रोक लगाएको छ । 

     

    प्रकाशित:फाल्गुन २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्