नेप्से बढेपनि कारोबार घट्यो

काठमाडौं

    फाल्गुन २९, २०७४

    नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीहरुको सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । लगातार दुई दिनसम्म गिरावट आएको नेप्से परिसुचक आज भने ४ दशमलव ८९ अंकले बढेर १ हजार २ सय ८१ दशमलव ९० अंकले बढेको हो । कारोबार भएका अधिकांश उपसूचकमा सुधार आउँदा बजारमा सकरात्मक प्रभाव परेको हो । नेप्से बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ८ करोडले घटेको छ ।

    आज १ सय ५६ कम्पनीका ३ हजार १ सय १७ कारोबारबाट २३ करोड ७० लाख रुपैयाँ बराबरका ४ लाख ३३ हजार २ सय ४३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । यसदिन सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

     

    प्रकाशित:फाल्गुन २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्