बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदरमा कडाई गर्ने : राष्ट्र बैंक

काठमाडौं

    फाल्गुन २९, २०७४

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदरमा कडाई गर्ने भएको छ । केन्द्रीय बैंकले आज निर्देशन जारी गर्दै आगामी वर्षको पहिलो त्रैमासिक पछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको औसत व्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने स्पष्ट पारेको हो । ब्याजदर धेरै हुने बैंक तथा वित्तीय संस्थालाई शाखा विस्तारमा कडाई र भूकम्प पीडितलाई दिइने पुनर्कर्जा रकम नदिने सम्मको कारबाही गर्ने जनाएको छ । यस्तै वित्तीय संस्थालाई लाभांश वितरणमा समेत रोक लगाउने निर्देशनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि राष्ट्र बैंकले कडाई गरेको हो ।

    यस्तै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा, निक्षेप र पूँजीको अनुपात सीसीडी रेसियोको सीमा नाघेमा मासिक रुपमा उनीहरुलाई कारबाही गर्ने राष्ट्र बैँकले जनाएको छ । निक्षेप र कर्जाको परिचालनको अनुगमन दैनिक रुपमा गर्ने र औसत अनुपात नाघेमा कारबाही गरिनेछ । यसै आर्थिक वर्षभित्र न्युनतम सुविधा पुगेका स्थानीय तहमा शाखा विस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । बैंकिङ सुविधा नपुगेका ती स्थानीय तहमा शाखा विस्तार गरेपछि मात्रै काठमाडौं र ललितपुरमा शाखा विस्तार गर्न पाइने केन्द्रीय बैंकले जनाएको छ । 

    प्रकाशित:फाल्गुन २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्