मकैमा दाना नलाग्दा किसान मर्कामा

पर्सा

    फाल्गुन २९, २०७४

    पर्सा र बाराका विभिन्न क्षेत्रमा किसानले लगाएको मकै बालीमा दाना नलाग्दा किसान चिन्तित छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका किसानले लगाएको मकैको घोगामा दाना नलागेको गुनासो गरेका छन् । मधुवन मथवलको औराहा, सिद्धपुर सथवलमा लगाइएको करीब ३ बिगाहमा लगाईको मकै बाली दाना लागेको छैन । बोटमा मकैको घोगा तयार भए जस्तो देखिए पनि भित्र भने एउटै पनि दाना नभएको पर्सा मधुवन मथवलका किसान दिनेश तिमिल्सीनाले जानकारी दिए ।

    यता बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ११ का किसान परमानन्द चौधरीले आफ्नो र आफ्ना केही छिमेकी किसानको मकै बालीमा पनि यस्तो समस्या देखिएको बताए । विशेष गरी बन्नी, ड्ेरगन, श्रेस्ता, सिपी ८ सय ३८ आदि हाईब्रिड मकै लगाएका किसानको मकै बालीमा यस्तो समस्या देखिएको छ । यसरी समस्या परेका पर्सा बाराका अधिकांश किसानले बाराको जीतपुर बजारका बीउ बिजन पसलबाट मकैको बीउ किनेका थिए । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख तथा कृषि वैज्ञानिक तुफेल अख्तरले यस बर्ष लामो समय शीतलहर चलेको र त्यति बेला शीतलहरको मारमा मकै बाली परेको हुन सक्ने बताउनुभयो । 

     

    प्रकाशित:फाल्गुन २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्