फेसबुकमा ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

काठमाडौं

    फाल्गुन ३०, २०७४

    -सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरबाट एक जनालाई पक्राउ गरेको छ । नवलपुरको कावासोती घर भइ भरतपुर–१२ राधाकृष्णचोकमा बस्दै आएका सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

    सापकोटाले केही महिनायता युवतीहरुलाई फेसबुकमा साथी बनाउँदै फोटोहरु संकलन गरेर अश्लिल भिडियो बनाइ धम्क्याउदै पैसा असुली गरेको पाइएको प्रहरी नायब उपरीक्षक डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

    सापकोटाले भरतपुर–२२ पटिहानीकी एक युवतीबाट ५० हजार रुपैयाँ लिइसकेको  र पछि फेरि पटकपटक तीन लाख रकम माग गर्दै धम्काएको डीएसपी ढकालले बताउनुभयो । अश्लिल फोटो र भिडियो फेसबुकमा राख्ने धम्की दिएपछि पीडित युवतीले सापकोटाविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । 

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्