'प्लास्टिक प्रतिबन्धले झनै खतरा निम्तन सक्ने' : वातावरणविद्

    फाल्गुन ३०, २०७४

    प्लास्टिकको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइए त्यसले झनै ठूलो खतरा उत्पन्न हुने वातावरणविदहरुले चेतावनी दिएका छन् । वातावरणविदहरुको समुह दि ग्रिन अलाएन्सले प्लास्टिकले महत्वपूर्ण भूमिका खेलेको र यसमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन नहुने जनाएको हो ।

    विशेषगरी खानेकुरालाई प्लास्टिकमा प्याकिङ गर्दा सड्नबाट बचाउने भएकाले हरितजृह ग्यास उत्सर्जन हुनबाट रोकिने बैज्ञानिकहरुको दाबी छ । उनीहरुका अनुसार हरितगृह ग्यास उत्सर्जनमा कृषि क्षेत्रको ठूलो भूमिका हुने भएकाले खाद्यान्न सड्न दिनु हुदैन ।

    विश्वव्यापी रुपमा उठिरहेको प्लास्टिक विरुद्ध युद्धको अवधारणलाई अब प्लास्टिकजन्य फोहोर विरुद्धको युद्धमा परिवर्तन गर्नुपर्ने सो अलाएन्सको निश्कर्ष छ । प्लास्टिकलाई बिस्थापित गर्दै जादा वन फडानी समेत बढ्ने खतरा रहेको अलाएन्सको प्रतिवेदनमा उल्लेख छ । 

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्