'चीन र उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास भइरहेको छ' : टिलरसन

    फाल्गुन ३०, २०७४

     

    -अमेरिकी विदेशमन्त्री पदबाट बर्खास्त रेक्स टिलरसनले चीनसँगको सम्बन्ध सुधार तथा उत्तर कोरियाको आणविक निशस्त्रीकरणका क्षेत्रमा सकरात्मक काम भइरहेको बताउनुभएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले पदबाट बर्खास्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै टिलरसनले चीन र उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास भइरहेको बताउनुभएको हो ।

    रुस सरकारको तर्फबाट भइरहेको दुख दिने नियत र क्रियाकलापको भने तगडा जवाफ दिन आवश्यक रहेको उहाँको भनाई छ । रुसले समग्र रुसी नागरिक र विश्वकै हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने उहाँको भनाई थियो । राष्ट्रपति ट्रम्पसँग व्यक्तिगत र नीतिगत मतभेदलाई लिएर टिलर्सनको राजीनामाको कुरा पहिलेदेखि चर्चामा थियो ।

    तर अचानक र अपमानजनक तरिकाले टिलर्सनलाई गरिएको बर्खास्तगीले वाशिङटनलाई समेत स्तब्ध बनाएको बीबीसीले उल्लेख गरेको छ । नयाँ विदेशमन्त्रीमा संघीय गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्प्यो नियुक्त हुनुभएको छ । 

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्