ओलीले गरेको आग्रह प्रधानन्यायाधीश पराजुलीद्वारा अस्वीकार

काठमाडौं

    फाल्गुन ३०, २०७४

    -स्वेच्छिक बर्हिगमन रोजेर न्यायालयलाई विवादमुक्त मुक्त बनाउन प्रधानमन्त्री केपी ओलीले गरेको आग्रह प्रधानन्यायाधीश गोपाल पराजुलीले अस्वीकार  गर्नुभएको छ । प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्रीको आग्रह अस्विकार गरेको पूर्व सभामुख एवं एमाले नेता सुभास नेम्वाङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, प्रधानमन्त्रीको कुरा सुन्नुभयो ,अनि हिँड्नुभयो, उहाँको ताल ठिक देखिएन । 

    प्रधानन्यायाधीश पराजुलीलाई हिजो भेटी प्रधानमन्त्री ओलीले स्वच्छ न्यायापालिकाका लागि सहज बर्हिगमन गरेर बाटो खोलिदिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको भनाई उदृत गर्दै पूर्व सभामुख एवं एमाले नेता सुभास नेम्वाङले भन्नुभयो, न्यायालयलाई स्वच्छ र विवादरहित बनाउन तपाईहको सहज वर्हिगमनको अपेक्षा गरेको छु । सजिलो बाटो छ तपाई विदामा वसिदिनुहोस । अन्यथा भोली उत्पन्न हुने परिस्थितीको समाना गर्न तयार हुनुहोस् । 

    प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोगको प्रश्न उठिरहेको प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, चैत २ गते संसद बैठक बस्दैछ । कुनैपनि सदस्यले तपाई विरुद्ध महाअभियोग प्रस्ताव ल्यायो भने मैले नवोल भन्न मिल्दैन । विवादित प्रधानन्यायाधिश पराजुलीले आफु अनुकुल धमाधम कानूनी निर्णय गरेको प्रति पनि प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ ।

    वैशाख १५ गते प्रधानन्यायाधीश पराजुलीले अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । चैत १५ गते विदामा बस्नुअघि नै प्रधानमन्त्रीले सहज बहिर्गमन गरिदिन पराजुलीलाई आग्रह गर्नुभएको हो । 

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्