कांग्रेसको भूमिका सशक्त बनाउन आवश्यक : देउवा

काठमाडौं

    फाल्गुन ३०, २०७४

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र वाम गठवन्धनबाट लोकतन्त्रको पक्षमा आउन सक्ने चूनौतीको सामना गरेर अघि बढ्न पार्टी मातहतका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा संघीय संसद र प्रदेश सभाका सदस्यलाई संसदीय अभ्यास सिकाउन आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले कांग्रेसको भूमिका सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । सभापति देउवाले कांग्रेस प्रतिपक्षमा रहेकाले जनताको मन जित्ने गरी काम गर्न सांसदहरुलाई निर्देशन दिनुभयो । महामन्त्री शशांक कोइरालाले पार्टी संगठन बलियो बनाउन सबै सांसदलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

    प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध महाअभियोग लगाउन नहुने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले पराजुलीलाई राजीनामा दिन सुझाव दिइरहेका र महाअभियोग लगाउने चर्चा चलिरहेको बेला पौडेलले आपत्ति जनाउनुभएको हो । पौडेलले प्रधानन्यायाधीश माथि महाअभियोग लगाएर सबै संवैधानिक अंगका पदाधिकारीलाई आतंकित बनाउने खेल भइरहेको भन्दै त्यसलाई बचाउनु पर्ने तर्क गर्नुभयो । 

    राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम साँझसम्म जारी रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्