प्रधानमन्त्री ओली र बंगलादेशका नागरिक उडड्यन मन्त्रीबीच भेट

काठमाडौं

    फाल्गुन ३०, २०७४

    बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाजहान कमालले यूएस बंगलाको विमान दुर्घटनापछि नेपाल सरकारले घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गर्नुभएको छ । काठमाडौंमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा बंगलादेशी टोलीले नेपालको यो सदासयताका लागि प्रधानमन्त्री शेख हसिना वाजेजका तर्फबाट कृतज्ञता सहितको धन्यवाद ज्ञापन गरेको थियो । 

    प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदना सहित सहानुभूति प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ओलीले घटनाको छानबिनका लागि सरकारले ६ सदस्सीय जाँचबुझ आयोग गठन गरेको जानकारी दिनुभएको छ । 

    यसैबीच, बंगलादेशी मन्त्री कमालले गृहमन्त्री रामबहादुर थापासँग पनि भेट गरी विमान दुर्घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश पुर्‍याउने ब्यवस्था मिलाईदिन आग्रह गर्नुभएको थियो । सिंहदरवारमा भएको भेटमा गृहमन्त्री थापाले बंगलादेशी नागरिकको शवको पहिचान र पोस्टमार्टमको प्रक्रिया जारी रहेको र आवश्यक प्रक्रिया सकिने बित्तिकै शब बंगलादेश लैजाने व्यवस्था मिलाईने बताउनुभयो । 

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापासँगको छुट्टाछुट्टै भेटमा दुई मुलुकका सरकारी उच्चअधिकारीबीच आगमी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानविन गर्न आवश्यक सहजिकरण गर्ने सहमित भएको छ । अस्ति सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगाल विमान दुर्घटना हुँदा २८ जना बंगलादेशी, २२ जना नेपाली र एक जना चिनियाँ नागरिकको मृत्यु भएको थियो । घाईते २० जनाको उपचार जारी छ । 

     

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्