नेप्से ४ अंकले उकालो लाग्यो

काठमाडौं

    फाल्गुन ३०, २०७४

    नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ४ दशमलव ४ प्रतिशतले बढेर १ हजार २ सय ८५ दशमलव ९६ अंकले बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ५ करोडले घटेको छ ।

    आज १ सय ५६ कम्पनीका २ हजार २ सय ६ कारोबारबाट १८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरका ६ लाख २३ हजार ८ सय ८५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । यसदिन सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्