चैत २३ गते देखि काठमाण्डौमा अन्तर्राष्ट्रिय चिया महोत्सव

ललितपुर

    फाल्गुन ३०, २०७४

    नेपाली चियाको विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत २३ गते देखि काठमाण्डौमा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । नेपाल चिया तया कफि विकास बोर्डले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै नेपाली चियालाई विश्वस्तरको ब्राण्डका रुपमा स्थापित गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । दुई दिनसम्म चल्ने महोत्सवमा जर्मनी, अमेरीका, चीन, भारत, अष्ट्रेलिया लगायत १३ मुलुकका प्रतिनिधि सहभागी हुने बोर्डका कार्यकारी प्रमुख शेषकान्त गौतमले जानकारी दिनुभयो । महोत्सवमा नेपाली चियाको ट्ेरडमार्क औपचारिक रुपमा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

    महोत्सवमा चिया उत्पादनबारे नेपाल सहित विभिन्न देशका प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्ने बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ४० लाख किलो चिया उत्पादन हुने गरेको छ । चियाको बजारीकरण र ब्राण्डिङ गरी विश्व बजारमा पुर्‍याउन महोत्सवले टेवा पुग्ने निर्देशक खनालले बताउनुभयो । हाल मुलुकबाट वार्षिक करीब ३ अर्ब को चिया बाहिरी मुलुकहरमा निर्यात हुँदै आएको छ ।

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्