संरक्षण क्षेत्रले स्थानीयको जिविकोपार्जनमा जोड दिनुपर्ने : सरोकारवाला

- मनोज बडू, दार्चुला

    फाल्गुन ३०, २०७४

    मुलुकभरका संरक्षण क्षेत्रका अधिकृत र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक दार्चुलामा सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागको आयोजनामा ‘मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा’ नासा सहित ३४ औँ राष्ट्रिय वार्डेन सेमिनार तथा १६ औँ मध्यवती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक बसेको हो । त्रिदेशीय सीमा अब्यवस्थित अपी नाम्पा संरक्षण क्षेत्र प्रदेश ७ को सबैभन्दा सम्भावना बोकेको क्षेत्र रहेको सहभागीहरुले बताएका छन् ।

    राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराईले पर्यापर्यटन, धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेका ठाउँहरु यस संरक्षण क्षेत्रभित्र रहेकाले सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो । अपीनाम्पा संरक्षण क्षेत्र पहिचान बोकेको हुनाले असल अभ्यास गरेर पर्यटन उद्योगको रुपमा विकास गर्न सकिने प्रदेश नम्बर ७ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सुधिरकुमार कोईरालाले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख करवीर बहादुर कार्कीले भूपरिधिका हिसाबले दार्चुला महत्वपूर्ण रहेको संरक्षण क्षेत्रको व्यवस्थापन मार्फत स्थानीय नागरिकको जिविकोपार्जन मार्फत समृद्धिमा टेवा पुर्‍याउनुपर्ने उल्लेख गर्नुभयो ।

    कर्मचारीको अभाव, संरक्षणप्रति असचेत उपभोक्ता र दूरदृष्टि नभएको नेतृत्वका कारण संरक्षण क्षेत्रले सोचे जस्तो परिणाम दिन नसकेको जनप्रतिनिधिहरूको गुनासो छ । प्रष्ट नीति निर्देशन, जागरणमूलक कार्यक्रम र आयमूलक कार्यक्रमको अभावमा अपिनाम्पा संरक्षण क्षेत्र उद्देश्यको मार्गमा लाग्न नसकेको उनीहरुको गुनासो छ । 

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्