संखुवासभा डायरी

- दीपेन्द्र शाक्य, संखुवासभा

    चैत्र २, २०७४

    – संखुवासभाको शिलिचोङ गाउापालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधी र कर्मचारीले सार्वजनिक ठाउामा मादक पदार्थ सेवन गरे दश हजार रुपैयाा जरिवाना लाग्ने भएको छ । सर्वसाधारणले  पनि मदिरा सेवन गरे पााच हजार रुपैयाँ जरिवाना तिर्नु पर्छ । यस्तो निर्णय शिलिचोङ गाउा कार्यपालिकाको बैठकले पारित गरेको हो । भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिएको शिलिचोङलाई सभ्य र समृद्ध बनाउन यस्तो निर्णय गरिएको हो । पछिल्लो समय मादक पदार्थ सेवन गरि सार्वजनिक ठाउामा होहल्ला, झगडा लगायतको गतिबिधी बढ्दै गएकोले यस्तो निर्णय गर्नु परेको अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरि दोश्रो पटक कारबाहीमा परे अघिल्लोको दोब्बर जरिवाना तिर्नुपर्ने छ । शिलिचोङ गााउपालिकामा सबै भन्दा बढी जनजातिको बसोबास छ । मदिराका कारण धेरै ठााउमा अपराधिक घटना पनि घटेकाले सचेत हुनु जरुरी देखिएको उहाँले बताउनु भयो । 

    सरकारले बीस बर्षे यातायातका साधन हटाएपछि यात्रुलाई समस्या भएको छ । संखुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीका गोकुल गुरुङ यातायातका साधन नचलेपछि हिंडेर घर गएका छन् । हिजोबाट चैनपुर नुनढाकी सडकमा यातायात चलेको छैन । नुनढाकीको गुफापोखरीसम्म यस्तै यातायातका साधनले सेवा दिदंै आएको थियो । अप्ठेरो र कच्ची सडक भएकाले फोर हृवील नभएका र समान्य गाडी गुफापोखरी पुग्दैन । कच्ची बाटो छ, यातायातका साधन चल्दैन, उनले भने, बजारमा आएका नयाा यातायातका साधन गााउसम्म जाँदैन । अधिकांस नयाा यातायातका साधनहरु होचो हुने भएकाले गााउगााउमा पुग्न नसक्दा समस्या भएको उहाले बताउनु भयो ।

    एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्थाले शैक्षिक सामाग्री वितरण वितरण गरेको छ । संस्थाको छैटौं वार्षिकोत्सवको अवसरमा खाादबारी नगरपालिका ३ स्थित महेन्द्र माविलाई शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत सुस्त श्रवण तथा बहिरा स्रोत कक्षाका १४ जना विद्यार्थीलाई सामाग्री वितरण गरेको संस्थाका शाखा प्रमुख रामजीत राईले बताउनु भयो । उसले माट्स नेपालद्वारा सञ्चालित बाल कल्याण गृहका ७ जना सहारा बिहिन बालबालिकालाई पनि सामाग्री वितरण गरेको छ । उनीहरुलाई कापी, कलम र पेन्सील लगायतका सामाग्री वितरण गरिएको हो । 

    केन्द्रीय प्रशारण लाइनको विद्युत जडानमा ढिलाई हुादा संखुवासभाको पर्यटकीय गुफाबजारका बासिन्दा समस्यामा छन् । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत नहुादा अन्धकार बनेको हो । चैनपुर नगरपालिका–१, नुनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छ । यी बजारमा विद्यूत विस्तारकालागि बजेट अभाव हुादा ढिलाई भइरहेको हो । विद्युत नहुादा गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

    हवस्त आजलाई संखुवासभा डायरी आजलाई यति नै दीपेन्द्र शाक्य बिदा माग्छु , नमस्कार

    प्रकाशित:चैत्र २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्