नेप्सेमा बृद्धि भएपनि कारोबार रकम घट्यो

काठमाडौं

    चैत्र २, २०७४

    यो साता नेपाल स्टक एक्सचेञ्जमा आवद्ध शेयर कारोबार मापक नेप्से परिसूचकमा बृद्धि भएपनि कारोबार रकम भने घटेको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ अंकले बढेर अन्तिम दिन १ हजार २ सय ८८ दशमलव ३६ अंकमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३२ अंकले बढेर २ सय ७४ दशमलव ३८ अंकमा पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा करीब २८ प्रतिशतले घटेको छ ।

    साताभर १७ हजार २ सय ८७ कारोबारबाट १ अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरका ३३ लाख ३९ हजार १ सय ६० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । यससाता कारोबार रकम र संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने सेयर संख्याको आधारमा जनता बैंक अगाडि रहेको छ । 

    प्रकाशित:चैत्र २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्