तनहुँ डायरी

- प्रताप राणा, तनहुँ

    चैत्र ४, २०७४

    ३ करोड रुपैयाँ  बराबरको आर्थिक कारोबार गर्दै तेस्रो दमौली महोत्सव सकिएको छ । उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजनामा आयोजित दमौली महोत्सवमा १ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । दुई सय स्टल रहेको महोत्सवमा कृषि, घरेलु हस्तकला एवं व्यावसायिक प्रदर्शनी, रमाइलो मेला, बालउद्यान, खुला लोकदोहोरी गीत र विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै खानाका परिकारहरू रहेका थिए । महोत्सवको ‘आम्दानीको नाफाबाट दमौलीका फुटपाथलाई व्यवस्थित गर्ने उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ राकुले बताउनुभयो । महोत्सवको पहिलो र दोस्रो संस्करणबाट भएको आम्दानीले दमौली बजारका विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको थियो ।

    दुई महिना देखि तनहुँमा सीडीओ बिहीन भएको छ । प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्य दुई महिना अगाडि राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको थियो । लामो समय सम्म सीडीओबिहीन हुँदा सम्म पनि गृह मन्त्रालयले नयाँ सीडीओ पठाएको छैन् । तनहुँमा सीडीओ नहुँदा सार्वजनिक अपराध, हातहतियार तथा खरखजना, खाद्य ऐन सम्बन्धी मुद्धा फैसाला प्रभावित भएको छ । यस सम्बन्धी मुद्धाको पेश्की गर्ने, बयान गराउने, साक्षी प्रमाण बुझ्ने जस्ता कार्य भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले बताउनुभयो । जिल्ला प्रशासनको कार्यालय तनहुँको तथ्याङ्कका अनुसार प्रत्येक महिनामा आधा दर्जन मुद्धाहरु सीडीओले फैसाला गर्दै आएको छ । सीडीओ नभएको मौकाछोपी ढुंगा, गिटी, बलुवा जस्ता नदीजन्य पदार्थको चोरी निकासी बढेको स्थानीयले गुनासो गरेका छन् । 

    एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्बाट प्रभावितहरुलाई विभिन्न सीप मुलक तालीम दिएको छ । छ । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले गत कात्तिक देखि पहिलो चरणमा ६० जनालाई (हाउस वायरिङ) र प्लम्बिङको दिएको हो ।  आयोजनाका प्रबन्ध निर्देशक प्रदिपकुमार थिकेले तालीममा सहभागीलाई दक्षताका आधारमा तनहुँ जलविद्युत् आयोजनामा रोजगारीको व्यवस्था गरिने बताउनुभयो । आवश्यकता र तालीम लिएका व्यक्तिको दक्षताका आधारमा रोजगारीमा प्राथमिकताका लागि पहल गरिने उहाँले बताउनुभयो । उहाँले प्रभावित महिलालाई लक्षित गरी छिट्टै ब्यूटिसीयन र सिलाई कटाई तालीम सञ्चालन गर्ने तयारी भइरहेको छ । 

    मगर समुदायको प्राचीन नाच कौराहाको डकुमेन्ट्री फिल्मको तनहुँको ऋषिङ्गमा धमाधम छायाङ्कन भइरहेको छ । अहिले सम्म ४० प्रतिशत छायाङ्कनका काम सकिएको डकुमेन्ट्री फिल्म निर्माण संस्था राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालले जनाएको छ । मगर समुदायको प्राचीन नाच पछिल्लो समयमा मौलिकता हराउन थालेको कौराहा संरक्षण गर्नका डकुमेन्ट्री फिल्मको निर्माण गरिएको समितिका अध्यक्ष हर्क आलेले बताउनुभयो । आधुनिकताले कौराहाको मौलिकता हराउन थाल्यो, उहाँले भन्नुभयो, कौराहाको मौलिकता बचाउनका लागि डकुमेन्ट्री निर्माण गरेका हौं । सविता राना, रविन्द्र थापा, पवन राना, सरुणा थापा र पदम थापा, सिर्जना आले मगरले लगायतको मुख्य भूमिका रहेको छ । 

    प्रकाशित:चैत्र ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्