२ सय ३५ स्थानीय तहको मात्र खर्च विवरण अद्यावधिक

- केशु लामिछाने , काठमाडौं

    चैत्र ५, २०७४

    केन्द्र सरकारले विनियोजित सम्पूर्ण रकम निकासा गरेपनि स्थानीय तहले भने खर्च विवरण पारदर्शी बनाउन अटेर गरेका छन् । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रकम निकासा गरेपनि सञ्चितकोष तथा व्यवस्थापन प्रणाली सूत्र सफ्टवेयर मार्फत हालसम्म २ सय ३५ वटाले मात्र खर्च विवरण पठाएका छन् । ती स्थानीय तहबाट आजसम्म ४९ अर्ब १० करोड रुपैयाँ बराबरको खर्च विवरण प्राप्त भएको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) का सदस्यसचिव मुरारी निरौलाले जानकारी दिनुभयो ।

    सरकारले सबै स्थानीय तहलाई खर्च र आम्दानीको विवरण पठाउने संयन्त्रका रूपमा सूत्र सफ्टवेयर उपलब्ध गराएको थियो । कतिपय स्थानीय तहले इन्टरनेटको पहुँच नभएकाले खर्च विवरण अध्यावधिक गर्न नसकिएको तर्क गरेका छन् । सबै स्थानीय तहमा सो सफ्टवेयरको प्रयोग बारे जानकारी गराउन तालिम दिन सुरु गरीएको सदस्य सचिव निरौलाले बताउनुभयो । इन्टनेटको पहुँच नपुगेका स्थानीयको पहिचान गरेर ती स्थानमा अफलाइन संस्करण ल्याउने तयारी पेफाको छ । सरकारले चालु आर्थिक वर्षमा सबै स्थानीय तहका लागि समानीकरण अनुदान र शसर्त अनुदान गरी २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित सबै बजेट तीन किस्तामा गरी सरकारले गत चैत्र एक गतेभित्र निकासा गरिसकेको छ । 

     

    प्रकाशित:चैत्र ५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्