"हाम्रो मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्छ" – डाउन सिण्ड्रोम समाज

काठमाडौं

    चैत्र ७, २०७४

    डाउन सिण्ड्रोम भएका व्यक्तिहरुको विभिन्न मुद्दालाई प्राथमिकतामा राख्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । १३ औँ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा आयोजित कार्यक्रममा डाउन सिण्ड्रोम समाजले सो माग गरेका हुन् । उचित वातावरण र अवसर पाए आत्मनिर्भर हुन सक्ने भन्दै समाजकी अध्यक्ष शीला थापाले उनीहरुलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभयो । डाउन सिण्ड्रोम भएका व्यक्तिहरुका लागि सरकारी पक्षबाट कुनै पहल नभएको अध्यक्ष थापाको गुनासो छ । 

    महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले डाउन सिण्ड्रोम भएका व्यक्तिहरुको मुद्दा सम्बोधनका लागि आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । डाउन सिण्ड्रोम भएका व्यक्तिहरुको यकिन तथ्याङ्क नभएपनि मुलुकभर करीब ६ हजार जना रहेको समाजको अनुमान छ । विश्वभर वर्षेनी क्रोमोजोम डिसअर्डर भएका ३ देखि ५ हजारसम्म शिशुको जन्म हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सामान्य व्यक्तिमा ४६ क्रोमोजोम हुन्छ भने डाउन सिण्ड्रोम भएका व्यक्तिमा ४७ क्रोमोजोम हुने गर्छ । सोही मानवीय अवस्थामा डाउन सिण्ड्रोम भनिने चिकित्सक बताउँछन् ।   

     

    प्रकाशित:चैत्र ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्