एडीबीद्वारा गौतमबुद्ध विमानस्थलको अनुगमन

बुटवल

    चैत्र ७, २०७४

    रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामको प्रगति विवरण बारे एसियाली विकास बैँक एडीबीले अनुगमन गरेको छ । एडीबीको टोलीले हिजो र आज विमानस्थलको भौतिक कामको विवरण, आर्थिक सहयोग तथा आगामी योजनाबारे अध्ययन अनुगमन गरेको हो । यसअघि सन्तोषजनक काम नभएको भन्दै एडीबीले जनवरी देखि ऋण र अनुदान बन्द गरेको थियो । कामको गति बढेपछि सम्झौता पुनरावलोकन गर्ने मनशायले पुन भैरहवा पुगेको आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । ऋण र अनुदानको पुन मुल्यांकन गर्न एडीबीका नेपालका लागि निर्देशक मुख्तार खामुद खानोभ भैरहवा जाने कार्यक्रम छ । 

    सो विमानस्थल सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौता सहित एडीबीले लगानी गरेको थियो । त्यसमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन् २०१७ डिसेम्बर ३१ सम्म काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । मधेश आन्दोलन, नाकाबन्दी, भुकम्प जस्ता कारणले देखाएर सरकारले सन् २०१८ को जुनसम्म म्याद थपेपनि कालो सूचीमा परेका ठेकेदार कम्पनी  आयोजनाको जिम्म दिएपछि एडीबीले असहमति जनाएको थियो । 

    प्रकाशित:चैत्र ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्